नडराई हाक्काहाकी भन्नुस् एक फेर ।।
छातीमाथि हात राखी भन्नुस् एक फेर ।।
घाम पानी हावा धरति आकाशमै मिल्ने,
ज्यान दिन्छु देशका लागि भन्नुस् एक फेर ।
जति भयो झै–झगडा लगाऊँ पूर्णविराम,
आफ्नो आफ्नो चित्त माझी भन्नुस् एक फेर ।
सधैं भरी गाउँछु सयौं थुंगा फुलबारीका,
दिदी बहिनी दाजु भाइ भन्नुस् एक फेर ।
छुट्टाछुट्टै अर्थै छैन सबै हात जुटौं,
झण्डा उठाउँ शिखर माथि भन्नुस् एक फेर ।