सुष्मा स्वराज र प्रचण्डबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुष्मा स्वराज र प्रचण्डबीच भेटवार्ता


१९ माघ २०७४, शुक्रबार


काठमाडौं । दुई दिने भ्रमणका लागि बिहिबार नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राजनीतिक भेटवार्तालाई आज पनि निरन्तरता दिने भएकी छन् ।

बिहिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी स्वराजले अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । उनीहरूबीच होटल सोल्टीमा छलफल जारी छ ।

आजै स्वराजको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । स्वराजको ११ः३० मा शितल निवासमा र
१२ भजे प्रधामन्त्री निवास बालुवाटार पुग्ने कार्यक्रम रहेको छ ।

सुष्मा स्वराज सवा २ बजे एयरपोर्टतर्फ प्रस्थान गरी ३ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस