प्रदेश प्रमुख र राष्ट्रियसभा निर्वाचन प्रक्रियाबारे परामर्श गरिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रदेश प्रमुख र राष्ट्रियसभा निर्वाचन प्रक्रियाबारे परामर्श गरिने


२ माघ २०७४, मंगलबार


काठमाडौं । निर्वाचन आयोगले प्रमुख पाँच दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको छ । राष्ट्रियसभा निर्वाचन प्रक्रिया र प्रदेश प्रमुखको नियुक्तिबारे छलफल गर्न राष्ट्रिय पार्टीका नेताहरुलाई बोलाइएको आयोगले जनाएको छ ।

यसअघि आयोगले माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त गर्न दलहरूलाई औपचारिक रुपमा नै आग्रह गरेको थियो ।

राष्ट्रियसभा निर्वाचन माघ २४ मा हुँदैछ । मतदाता नामावली सार्वजनिक ७ गते गर्ने कार्यतालिका छ ।

प्रदेश प्रमुख नतोकिँदा प्रदेशको समानुपातिकको अन्तिम परीणाम समेत सार्वजनिक हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस