आज महाअष्टमी धुमधामसँग मनाइँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आज महाअष्टमी धुमधामसँग मनाइँदै


प्रशासन विशेष ब्युरो

३१ आश्विन २०७५, बुधबार


महाअष्टमी

काठमाडौं । बडादसैंको आठौं दिन आज महाअष्टमी मनाइँदैछ । यस दिन विशेषगरी शक्तिस्वरूपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन छ ।

यस दिन कूल देउता तथा देवीलाई पशु बलि दिने प्रचलन छ । बलि दिन विभिन्न शक्तिका प्रतीक मानिने महाकाली र देवी भगवतीका मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।

काठमाडौं उपत्यकाका दक्षीणकाली, नक्साल भगवती, मैतीदेवी, गुह्येश्वरी, कालिकास्थान शोभा भगवती, भद्रकाली, नरदेवी, बज्रबाराही, बज्रबाराही बंगलामूखि लगायतका शक्तिपीठमा बली दिने पूजा आराधाना गर्नेको भीड छ ।

शक्तिपीठहरूमा पूजा अर्चनाका साथै राँगा, बोका हाँस, कुखुरा र परेवालगायत पशुपंक्षी पञ्चबलि दिने प्रचलन छ । कतिले आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिन्छन् । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस