काठमाडौँ । प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका १९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को पदस्थापन गरेको छ ।
प्रहरी प्रधान कार्यालयको मानव संशाधन विभागले सोमबार एक सूचना जारी गरी प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा भएकाहरूको पदस्थापन गरेको हो । जस अनुसार निर्मल पनेरु जिल्ला प्रहरी परिसर काठमाडौँमा पदस्थापन भएका छन् ।
त्यस्तै ऋषिराम घर्ती गण्डकी प्रदेश प्रहरी गणमा र दीपक मल्ल प्रदेश कार्यालय मानव स्रोत व्यवस्थापन शाखा नेपालगञ्जमा पदस्थापन भएका छन् ।