काठमाडौँ । नेपाल प्रहरीको रिक्त ८ प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका सिनियर अधिकृतले शुक्रबार दर्ज्यानी चिन्ह लगाएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहबीच आईजीपी बसन्तबहादुर कुँवरले उनीहरूलाई फुली लगाइदिएका हुन् । गत साता बढुवा समितिले ८ डिएसपीलाई बढुवाका लागि सिफारिस गरेको थियो ।
अंगुर जीसी, सन्तोष तामाङ, राजन लिम्बू, विनोद घिमिरे, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, ढकेन्द्र खतिवडा र यादव ढकालले एसपीको दर्ज्यानी चिन्ह लगाएका हुन् ।