आरिफको उत्कृष्ट प्रदर्शनमा नेपालले आयरल्यान्डलाई दियो २१४ रनको लक्ष्य « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आरिफको उत्कृष्ट प्रदर्शनमा नेपालले आयरल्यान्डलाई दियो २१४ रनको लक्ष्य


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेपालले आयरल्यान्डसँगको अन्तिम टी-२० मा २१३ रन बनाएको छ। आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरेपछि आयरल्यान्डविरुद्ध २१४ रनको लक्ष्य दिएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको ‘ए’ टोलीले सात विकेटको क्षतिमा २१३ रन बनाएको हो। नेपालका लागि आरिफ शेखले ९३ रन बनाए। उनको सबैभन्दा उच्च स्कोर हो।

त्यस्तै, रसिद खानले २४, बसिर अहमद र कमलसिंह ऐरीले १९/१९ तथा पवन सर्राफले १३ र विनोद भण्डारीले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

आयरल्यान्ड वुल्भ्सका लागि फिन ह्यान्डले दुई, लिम म्याकार्थी, गेरेथ डेलानी र गभिन होइले एक-एक विकेट लिए।

नेपालको ‘ए’ टोली र आयरल्यान्ड वुल्भ्सबीच टी-२० शृङ्खला चलिरहेको छ। शृङ्खलाका पहिलो दुई खेलमा आयरल्यान्ड वुल्भ्सले जितेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस