उपनिर्वाचनका लागि बझाङ काँग्रेसले गर्‍यो अभिषेक सिंहसहित १० जना सिफारिस « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

उपनिर्वाचनका लागि बझाङ काँग्रेसले गर्‍यो अभिषेक सिंहसहित १० जना सिफारिस


५ चैत्र २०८०, सोमबार


काठमाडौँ। नेपाली काँग्रेस बझाङले प्रदेशसभा (क) मा हुने उपनिर्वाचनका लागि १० जना आकांक्षीको नाम सिफारिस गरेको छ ।

जिल्ला कार्य समितिले प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि गाडी दुर्घटनामा ज्यान गुमाएका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंहसहितका १० आकांक्षीको नाम प्रदेश समितिलाई सिफारिस गरेको हो ।

सिफारिसमा पर्नेमा सत्यराज भण्डारी, विष्णु कुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्र बहादुर रोकाया, सान्तीकुमारी बोहरा, अर्जुन स्याडाँ र ध्रुवराज उपाध्याय, नारायण हमाल रहेका छन् ।

बझाङमा भएको सवारी दुर्घटनामा मन्त्री सिंहको निधन भएपछि निर्वाचन आयोगले अगामी वैशाख १५ गते प्रदेशसभा९क० मा उपनिर्वाचनको मिति तोकेको छ । त्यसका लागि अगामी २४ चैतमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस