काठमाडौँ । नवनियुक्त उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले पदबहाली गरेका छन् ।
बुधबार शीतल निवासमा पद तथा गोपनियताको शपथ गरेपछि महासेठले सिंहदरवार पुगेर पदबहाली गरेका हुन् ।
मन्त्रालयमा उनलाई कर्मचारीहरूले स्वागत गरेका थिए । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री महासेठले सडक आयोजनाहरूमा हुने ढिलासुस्ती अन्त्य गर्ने बताएका छन् ।
उनले देशैभरका आयोजनाहरूलाई तीव्रताका साथ अघि बढाउने दाबी गरेका छन् ।