मृत फेला परेका डिएसपीको सुसाइड नोट भेटियो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

मृत फेला परेका डिएसपीको सुसाइड नोट भेटियो


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ। मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको सुसाइड नोट भेटिएको छ । सुसाइड नोटमा डीएसपी बस्यालले राजीखुसीले निर्णय लिएको लेखेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार उनले ‘कसैलाई दुख नदिन र आफ्नो खुसीले निर्णय लिएको भनेका छन् ।’ उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको प्रजिअ भट्टराईले बताए ।

पाल्पा स्थायी घर भएका ३८ वर्षीय बस्याल क्वार्टरको भान्सामा दिउँसो झुन्डिएको अवस्थामा फेला परेका थिए । उनी धनपालथान गाउँपालिका-३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभाग मोरङको गुल्मपति थिए ।

सम्बन्धित समाचार : मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी मृत फेला

Tags :
प्रतिक्रिया दिनुहोस