शहाब चम्किएपछि आर्मी नौ ओभरमै विजयी, कोशी नौ विकेटले पराजित « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

शहाब चम्किएपछि आर्मी नौ ओभरमै विजयी, कोशी नौ विकेटले पराजित


४ माघ २०८०, बिहिबार


काठमाडौँ । शहाब आलम चम्किएपछि त्रिभुवन आर्मी क्लबले नौ ओभरमै जित हासिल गरेको छ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मी क्लबले कोशी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ। कोशीले दिएको ८९ रनको लक्ष्य आर्मीले ९.५ ओभरमै पूरा गरेको हो।

आर्मीका लागि सन्तोष कार्की र इमरान शेखले ३२–३२ रन र कुशल मल्लले २२ रन बनाए। कोशीका लागि सुजन थपलियाले एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको कोशीले ४४.४ ओभरमा ८८ रन मात्रै बनाउन सक्यो। कोशीका लागि अंकित सुवेदीले ४१ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

आर्मीका लागि शहाब आलमले उत्कृष्ट प्रदर्शन गरे। उनले ६.४ ओभरमा १४ रन खर्चेर ६ विकेट लिए। आलमको अगाडि कोशीका ब्याटर टिक्न सकेनन्।

Tags :
प्रतिक्रिया दिनुहोस