समाजवादी मोर्चाले भन्यो-अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गरौँ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

समाजवादी मोर्चाले भन्यो-अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गरौँ


११ पुस २०८०, बुधबार


काठमाडौँ । संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाले सरकारलाई सुझाव दिएको छ। अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न मोर्चाले सुझाव दिएको हो ।

बुधबार बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले संविधान जारी भएको आठ वर्षसम्म पनि संघीयता कार्यान्वयन नहुँदा ‘बोझ’ भएको सन्देश गएकाले अध्यादेश ल्याएर भए पनि अधिकार दिन सुझाव दिएको जनाइएको छ ।

संघीयता कार्यान्वयनका लागि सरकार अग्रसर हुनुपर्ने समाजवादी मोर्चाको दृष्टिकोण रहेको एक नेताले बताए । संविधानमा भएको व्यवस्थाअनुरूप अधिकार बाँडफाँटमा सरकार दृढतापूर्वक उभिनुपर्ने पनि ती नेताको भनाई छ ।

समाजवादी मोर्चाले अहिलेसम्म ४७ जिल्लामा कमिटी बनाएको छ। मोर्चाको बैठक बुधबार साँझ ६ बजे पुनः बस्ने गरी टुंगिएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस