उपसभामुख रानाले भनिन् : संविधानले उपलब्ध गराएका अधिकार जनताले महसुस गर्न पाउनुपर्छ « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

उपसभामुख रानाले भनिन् : संविधानले उपलब्ध गराएका अधिकार जनताले महसुस गर्न पाउनुपर्छ


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संविधानले दिएका अधिकार जनताले महसुस गर्न पाउनुपर्ने बताएकी छन्।

बिहीबार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले संविधानले उपलब्ध गराएका अधिकारहरू जनताले महसुस गर्न पाउनुपर्ने बताएकी हुन्।

उनले कसैले पनि संविधानको विरोधमा बोल्ने आँट गर्न नसक्ने गरी अधिकारहरू जनताले पाउनुपर्नेमा जोड दिइन्। उनले संविधानमा उल्लेख गरिएका समावेशिताका कुराहरू हरेक क्षेत्रमा लागु हुनुपर्ने बताइन्। उनले जातीय र वर्गीय आधारमा पनि समावेशिता कायम गर्नुपर्नेमा बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस