प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा छुटेका यात्रुसँग मन्त्री किराँतीले मागे माफी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा छुटेका यात्रुसँग मन्त्री किराँतीले मागे माफी


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा बुधबार ३१ यात्रु छोडिएकोप्रति माफी मागेका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री किराँतीले माफी मागेका हुन्।

उनले भिभिआइपी सवार हुने भएकाले परराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै राति साढे ११ बजेको फ्लाइट सार्नुपरेको दाबी गरे। उनले प्यासेन्जरहरूलाई मेल र फोन गरेर जानकारी गराए पनि फोन नउठाउने र मेल जाँच नगर्नेहरू समस्यामा परेको बताए।

उनले भने,‘२७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडियो। हाम्रो जहाजको सेड्युल ११ बजेर ३० मिनेटमा थियो। तर भिभिआइपी सवार हुने भएकाले परराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै हामीलाई सार्न लगाएपछि बाध्य भयौँ। संसारमा जहाँ पनि सार्नुपर्छ। फोन हुनेलाई फोन र मेल हुनेलाई मेल पठायौँ। फोन नउठाउने र मेल नहेर्ने छुट्नुभएछ। उतैबाट टिकट काटेर आएकाहरू छुट्नुभयो। उहाँहरूसँग सम्बन्धित निकायले माफी पनि मागेको छ। मन्त्री भएकाले म पनि क्षमा माग्न चाहन्छु।’

Tags :
प्रतिक्रिया दिनुहोस