हुम्लामा हिमपात सुरु, तापक्रम माइनस पाँच डिग्री सेल्सियसमा झर्‍यो « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

हुम्लामा हिमपात सुरु, तापक्रम माइनस पाँच डिग्री सेल्सियसमा झर्‍यो


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ। उत्तरी हुम्लाको उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ। मङ्गलवार बिहानबाट उच्च भेगमा हिमपात सुरु भएको हो।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी (बिओपी) हिल्साका अनुसार अग्ला लेकमा बिहानैबाट हिमपात भइरहेको छ। उनले हिल्सा क्षेत्रमा हिमपात भए पनि हिउँ जम्न सुरु नभएको तर उच्च क्षेत्रमा भने हिउँ जम्न थालेको बताइएको छ ।

हिमपात भएपछि नारा क्षेत्र सेताम्मे देखिन थालेको छ। हिमपातले चिसो बढेपछि हिल्सामा तापक्रम माइनस पाँच डिग्री सेल्सियसमा झरेको छ।

त्यस्तै न्यानु क्षेत्रमा पनि हिमपात भइरहेको छ। घाम नलागेका कारण सिमकोटमा पनि चिसो बढेको छ। सिमकोटकै उच्च क्षेत्रमा समेत हिमपात भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस