बुढानीलकण्ठ नगरपालिकामा बिहीबार सार्वजनिक बिदा « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

बुढानीलकण्ठ नगरपालिकामा बिहीबार सार्वजनिक बिदा


६ मंसिर २०८०, बुधबार


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हरिबोधिनी एकादशीको अवसरमा स्थानीय बिदा दिएको नगरपालिकाले जनाएको छ।

बुढानीलकण्ठ मन्दिर परिसरमा हरिबोधिनी एकादशीको मेला लाग्ने गरेको छ। त्यस्तै काठमाडौँ उपत्यकाका चार नारायण दर्शन गरेर भक्तजनहरूले बुढानीलकण्ठ दर्शन गर्ने गरेका छन्।

बुढानीलकण्ठ नारायण स्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्ने गर्दछ। आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बुढानीलकण्ठ दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस