राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पारित « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पारित


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ।

राष्ट्रिय सभाको मङ्गलवार बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेश गरेको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

राष्ट्रियसभाबाट उत्पत्ति भएको यो विधेयक अब प्रतिनिधि सभामा जानेछ। राष्ट्रिय सभाको अर्को बैठक कात्तिक १६ गते बिहीबार दिउँसो एक बजे बस्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस