विद्यालय शिक्षा विधेयक संसदमा दर्ता (पूर्णपाठसहित) « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

विद्यालय शिक्षा विधेयक संसदमा दर्ता (पूर्णपाठसहित)


२७ भाद्र २०८०, बुधबार


विकास र समृद्धि

काठमाडौँ । विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । उक्त विधेयक आज (बुधबार) प्रतिनिधि सभामा दर्ता भएको हो।

प्रतिनिधि सभाका प्रवक्ता एकराम गिरीका अनुसार विधेयक हिजो नै संसदमा आइपुगेको थियो। तर, सबै प्रक्रिया नपुगेको दर्ता भने हुन सकेन। उक्त विधेयक साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले संसदमा पेस गर्न स्वीकृति दिएको थियो।

तर सदन नपुग्दै विधेयकका दफा–उपदफामा समेटिएका विभिन्न प्रावधान सामाजिक सञ्जालबाट छरपस्ट भयो र सँगसँगै विधेयकको विरोध तथा विभिन्न आन्दोलन सुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिमार्जन गरेपछि मात्रै संसदमा दर्ता गर्ने प्रतिबद्धता जनाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस