सरकारले आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गर्‍यो : ओली « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सरकारले आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गर्‍यो : ओली


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । नेकपा (एमाले)का केपी शर्मा ओलीले सरकार आफैँले मुलुकमा आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले काँग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डिएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले आतङ्ककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका हुन्।

आतंकारीहरुलाई, असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानूनी क्रियाकलापमा साथ दिन्न भनेर डिएसपी राजन राईले भनेपछि त्यसलाई सहन नसकेर उनी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिनेहरूलाई सरकारले किन पक्राउ नगरेको ? भनी प्रश्नसमेत गरे।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा तेजावविरुद्ध आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने एक हप्ताअघि नै खुकुरी हान्छु भन्नेलाई सरकारले नियन्त्रणमा नलिँदा काँग्रेस नेतामाथि खुकुरी प्रहार भएको भन्दै त्यस्ता कुरालाई बेलैमा नियन्त्रण नगरेको भन्दै सरकारको आलोचना गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस