व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्छ : मुख्य सचिव अर्याल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्छ : मुख्य सचिव अर्याल


१ असार २०८०, शुक्रबार


काठमाडौँ । नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन।

नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँगको आज भएको भेटमा मुख्य सचिव डा. अर्यालले यस्तो बताएका हुन् । 

हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने सचिव अर्यालको भनाइ छ।

मुख्यसचिव अर्यालसँग महासङ्घका पदाधिकारीको भेटबारे प्रेस विज्ञप्ति जारी गर्दै महासङ्घले मुलुकको समग्र व्यावसायिक वातावरण सुधारका लागि सरकारले पहल गर्ने आश्वासन मुख्यसचिवबाट पाएको जनाएको हो।

भेटका क्रममा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त मुख्य सचिव डा. अर्याललाई बधाई दिँदै विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल थाल्न आग्रह गरेका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस