केपी ओलीले बोलाए हाँसीखुशी एमालेमा जान्छु : वामदेव गौतम « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

केपी ओलीले बोलाए हाँसीखुशी एमालेमा जान्छु : वामदेव गौतम


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले केपी शर्मा ओलीले बोलाए फेरि आफू एमालेमा नै खुसी साथ फर्किने बताएका छन् ।

एमालेले गरेको उमेर हदबन्दी निलम्बन आगामी महाधिवेशनसम्म कायम रहेमा आफू पुन: एमालेमा नै फर्किने बताएका हुन् ।

उनले भने, ‘यदि मलाई खबर गर्नुभयो भने आगामी महाधिवेशनसम्म उमेरको हदबन्दी निलम्बन भइरहन्छ भन्नुभयो भने म र मसँग भएका साथीहरू यही अवस्थामा एमालेमा जान्छौ। उहाँहरूले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनु भएको हो। मैले त्यस बेला मेरो निम्ति मात्रै राख्नु भएको होइन होला, राख्नु भयो भने राख्नु भनेको थिएँ। अझै पनि ४/५ वर्षमा ७० वर्ष पुग्ने १०/१२ जना नेता छन्। उमेरको प्रावधान मानवता विरोधी छ। उमेर हद शारीरिक अवस्था हो । उमेरका आधारमा पार्टीमा बस्न पाउने नपाउने भन्ने विषयमा विभेद गर्नु अपराध हो। उहाँलाई तीन पटक भेटेर र तीन पटक फोनमा कुरा गरेको छु । मलाई लैजानुस्। मैले पनि बनाएको पार्टी हो भनेको छु । तपाईँ नै हो हाम्रो पार्टीको निर्माणकर्ता हो, हामी जेल पर्दा तपाईँले नै हो पार्टी बनाएको भन्नुभएको छ। फेरि गएर योगदान गर्न तयार छु। म आफू त जाने कुरा भएन। मेरो पनि सदस्यता नवीकरण गर्न म श्रीमती तुलसा थापा पठाउँछु। सदस्यता नवीकरण गर्छु । वामदेवलाई पनि अटाउन ७० वर्षे हटाइएको भनेको हो भने म त्यहाँ योगदान दिन तयार छु।’

केपी ओलीसँग पटक पटक भेटेर आफूलाई लैजान आग्रह गरेको पनि उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस