काठमाडौँ । लगातार बढ्दै गएको सुनको मूल्य आज पनि बढेको छ ।
आज सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (बिहीबार) भने सुन तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार चार सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।