काठमाडौँ । विन्दुकुमार थापा काँग्रेस संसदीय दल गण्डकीको उपनेता चयन भएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार उपनेतामा मनोनयन गरेका हुन् । काँग्रेसबाट दोहोरिएर चुनाव जित्ने उनी गण्डकीका एक्ला नेता हुन् ।
अघिल्लो पटक कानुनमन्त्री भएर काम गरेका थापा यसपटक मन्त्री हुने दौडमा थिए । तर, थापालाई रोक्न सांसदहरूकै विरोधका कारण उनी मन्त्री बन्न पाएनन् ।
मुख्यमन्त्री पाण्डेले मन्त्री नबनाए पनि गण्डकीका अनुभवी थापालाई उपनेताको जिम्मेवारी दिएका हुन् ।
उनी कास्की-२ (२)बाट निर्वाचित सांसद हुन् ।