युवा सङ्घद्वारा शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न माग « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

युवा सङ्घद्वारा शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न माग


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौं। नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढङ्गले अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

यो प्रकरणमा एमाले नेताहरू र अख्तियारका प्रमुख आयुक्तलाई समेत बदनाम गराउन खोजिएको भन्दै युवा सङ्घले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउन खोजिएको आरोप लगाएको छ।

आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आठ बुँदे माग पत्र बुझाउँदै युवा सङ्घले नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजनीतिक रङ्ग नदिन माग गरेको छ ।

अनुसन्धानको क्रममा पक्राउ परेका आरोपीले नाम लिएका सबैलाई र गोपनीयता भङ्ग गर्नेहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उसको माग छ ।

Tags :
प्रतिक्रिया दिनुहोस