संसद्को प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन, कर्मकाण्डी भयो : योगेश भट्टराई « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

संसद्को प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन, कर्मकाण्डी भयो : योगेश भट्टराई


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जीवन्त नभएको टिप्पणी गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रश्न पहिले नै सोध्ने र तयारी साथ उत्तर ल्याएर प्रश्नोत्तर गर्दा जीवन्त नहुने बताएका हुन्। प्रश्नोत्तर केवल कर्मकाण्डी मात्रै भएको उनको भनाइ थियो।

भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको घटनालाई सामसुम पारिने हो कि भन्ने आशङ्का आफूलाई उब्जिएको बताएका छन्।

उनले भने ‘संसद्को प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन। प्रश्न पहिले सोधेर अनि उत्तर ल्याएर त्यसरी जीवन्त हुँदैन। प्रश्नोत्तर जीवन्त हुनुपर्छ। माननीयज्युहरुले त्यही सोध्ने प्रधानमन्त्रीले त्यही उत्तर दिने हुनुपर्छ। त्यसो भयो भने यो अलिकति आकर्षक हुन्छ। नत्र यो कर्मकाण्डी हुन्छ। हाम्रो आशङ्का के छ भने राजनीतिक दबाबले, बाह्य दबाबले र विभिन्न खालको दबाबले निर्मला हत्या प्रकरणलाई जसरी अनुसन्धानलाई अन्यत्र मोडियो त्यसैगरी यो अनुसन्धान अन्यत्र मोडिन्छ कि अथवा यस्तै सामसुम हुन्छ कि भन्नेकुराको आशङ्का आम हिसाबले उठेको छ । त्यसकारणले त्यसलाई चित्तबुझ्दो प्रधानमन्त्रीको आजको जवाफले दिएन।’

उनले धेरै प्रश्नहरूमा प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिएको उल्लेख गरे।

Tags :
प्रतिक्रिया दिनुहोस