सागर ढकालले डडेल्धुरामा आठ महिनादेखिको कोठाभाडा तिरेनन् « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सागर ढकालले डडेल्धुरामा आठ महिनादेखिको कोठाभाडा तिरेनन्


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका क्रममा डडेल्धुरामा कोठाभाडा लिएर बसेका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको छ। ढकालले आठ महिनादेखिको भाडा तिरेका छैनन्।

डडेल्धुराको अमरगढी नगरपालिका-५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताइन्। कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ।

भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारीमा रहेको भाटले बताइन्। ढकाल दुई महिनादेखि साउथ सुडानमा रहेको जनाइएको छ । उनी बाहिर भएकोले सम्पर्क हुन सकेन ।

गतवर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ढकाल पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस