ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ


१३ बैशाख २०८०, बुधबार


पक्राउ

काठमाडौँ । काठमाडौँमा सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार दिउँसो धादिङका २८ वर्षीय राजेश शाहीलाई काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरबाट पक्राउ गरेको हो। 

उनले धादिङकै प्रकाश पोखरेलको दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल दिँदै गर्दा पक्राउ गरेको एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त बौद्धमा पठाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस