तीन देशबाट आएको रेमिट्यान्स दावी गर्दा ५० रुपैयाँ बोनसमा निरन्तरता « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

तीन देशबाट आएको रेमिट्यान्स दावी गर्दा ५० रुपैयाँ बोनसमा निरन्तरता


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडले ‘आइएमई पे’ मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।

संसारको जुनसुकै कुनाबाट आउने रेमिटेन्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसको रूपमा प्रदान गरिँदै आएको छ ।

‘आइएमई पे’ ले सो बोनस रकममा निरन्तरता दिदैं ग्राहकलाई विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गर्न यो योजना लागू गरेको कम्पनीले जनाएको छ ।

सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिटेन्स दाबी गर्दा पनि उपलब्ध हुने कम्पनीले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस