प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक मङ्गलवार दिउँसो १ बजे बस्दै छ।

बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने एउटा मात्रै कार्यसूची छ।

संसद्को चालू अधिवेशन अन्त्य गर्ने तयारी रहेका कारण दर्ता भएका महत्त्वपूर्ण विधेयक अघि बढ्ने सम्भावना छैन। सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा विधेयक अगाडि बढाउने सहमति जुटे पनि समयाभावका कारण सम्भावना नदेखिएको संसद् सचिवालय स्रोतले जनाएको छ।

बजेट पेस गर्नुभन्दा १५ दिनअघि नै प्रिबजेट छलफल सक्नुपर्ने भएकाले वैशाख अन्तिम साता ‘बर्खे’ अधिवेशन बोलाइसक्नु पर्नेछ। संविधान बमोजिम जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्नु पर्नेछ। त्यसैले संसद् अधिवेशन एक दुई दिनभित्रै अन्त्य गर्ने तयारी गरिएको छ।

यद्यपि आफूहरूलाई औपचारिक सूचना आई नसकेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस