लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा आचार्य  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा आचार्य 


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । लुम्बिनी विकास बैंकको नायब प्रमुख कायकारी अधिकृतमा सुमन आचार्य नियुक्त भएका छन् । बैंकले वैशाख ३ गतेदेखि लागू हुने गरी आचार्यलाई नियुक्त गरेको हो । 

 त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको उच्च शिक्षा हासिल गरेका नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले विभिन्न वाणिज्य बैङ्कहरूका उच्च व्यवस्थापनमा संलग्न रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै २२ वर्षभन्दा बढीको कार्य अनुभव हासिल गरेका छन् । 

 बैंकका अनुसार उनले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट एमबिएमा केन्द्रीय विभाग (व्यवस्थापन), कीर्तिपुरको शीर्ष स्थान तथा विश्वविद्यालय स्तरमा दोस्रो स्थानमा उत्तीर्ण भई उत्कृष्ट थेसिस लेखनबापत कृष्णचन्द्र रेग्मी अवार्डबाट समेत सम्मानित भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस