काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्नाई सुपर किङ्सलाई ३ रनले पराजित गर्दै रोमाञ्चक जित हात पार्न सफल भएको छ ।
बुधबार राति भएको खेलमा रोयल्सले चेन्नाइलाई ३ रनले पराजित गर्दै रोमाञ्चक जीत हात पार्न सफल भएको छ । यो जीतसँगै रोयल्स ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।
राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाएको थियो ।
त्यस्तै, चेन्नाईका लागि ओपनर डेभोन कन्वेले ३८ बलमा ६ चौकाका साथ ५० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । अजिक्का राहानेले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले १७ बलमा अविजित ३२ रन बनाएका थिए ।
रविन्द्र जडेजाले १५ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २५ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २र२ तथा सन्दीप शर्मा र एडम जाम्पाले समान एकरएक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । राजस्थानका लागि ओपनर जोस बटलरले ३६ बलमा १ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
देवदत्त पडिकलले २६ बलमा ३८ रन बनाउँदा रविचन्द्रन आश्विनले २२ बलमा ३० रन बनाएका थिए ।