एमाले अध्यक्ष ओली नेपालगञ्जमा « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एमाले अध्यक्ष ओली नेपालगञ्जमा


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालको नवौँ महाधिवेशन उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज पुगेका छन्।

अध्यक्ष ओलीको साथमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, जनसङ्गठन समन्वय संयन्त्रका संयोजक रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पनि कार्यक्रममा भाग लिन नेपालगन्ज पुगेका छन्।

विमानस्थलमा अध्यक्ष ओलीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एव राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज महेश बस्नेत, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेललगायतले स्वागत गरेका छन् ।

युवा सङ्घको नवौँ महाधिवेशन आजदेखि चैत २९ गतेसम्म चल्ने छ।

Tags :
प्रतिक्रिया दिनुहोस