काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाले जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मान गरेको छ ।
दलित मुक्ति मोर्चाले जिल्ला सम्मेलनको क्रममा उनीहरूलाई सम्मान गरेको हो ।
विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गरेका कारण उनीहरूको हौसला बढाउन उनीहरूलाई सम्मान गरिएको हो ।
सम्मानित जोडीले यो सम्मानले आफ्ना परिवारलाई थप हौसला प्रदान गर्ने बताइएको छ ।