आयोग गठनबारे सरकारले अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नदिएको अध्यक्ष कार्कीको भनाई « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

आयोग गठनबारे सरकारले अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नदिएको अध्यक्ष कार्कीको भनाई


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । मिटर ब्याजका विषयमा छानबिन गर्न बनाएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोग गठनबारे सरकारले आफूलाई अहिलेसम्म कुनै औपचारिक जानकारी नदिएको बताएका छन् ।

आयोग गठन भएको र आफूलाई अध्यक्ष बनाएको कुरा समाचारबाट थाहा पाएको भन्दै उनले यस विषयमा सरकारले औपचारिक जानकारी नगराएको बताए ।

आयोग गठन, तथा आयोगको काम कर्तव्य र अधिकारको बारेमा आफूलाई औपचारिक जानकारी नभएको बताउँदै कार्कीले भने, ‘म आयोगमा राखिएको औपचारिक जानकारी भएपछि आयोगको कार्यक्षेत्र प्रस्ट भएपछि मात्रै पीडितसँग छलफल होला ।’

२० चैत्रमा मन्त्रिपरिषद्को बैठकले मिटर ब्याज पीडितको समस्याबारे छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस