काठमाडौँ । नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा आज मङ्गलवार पनि दुई खेल हुँदैछ।
पहिलो खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टारबीच हुनेछ।
दुई खेल जितेको लुम्बिनी लगातार तेस्रो जित निकाल्न चाहन्छ। ऊ २ खेलमा ४ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ।
दुई खेल खेलेर अङ्कविहीन पोखरा पहिलो जितको खोजीमा छ। ऊ दुई खेलमा अङ्कविहीन रहेर तालिकाको पुछारमा छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ सुरु हुने दोस्रो खेलमा काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीच खेल हुनेछ।
लगातार दुई जित हात पारेको जनकपुर तेस्रो जितको खोजीमा छ। ऊ दुई खेलमा ४ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ।
दुई खेल खेलेर जित विहीन विराटनगर पहिलो जितको खोजीमा रहेको छ । ऊ दुई खेलमा अङ्कविहीन रहेर तालिकाको पाँचौँ स्थानमा छ। प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ।