कालोपत्रे नगरिएको भन्दै थली-साँखु सडकखण्ड बन्द « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

कालोपत्रे नगरिएको भन्दै थली-साँखु सडकखण्ड बन्द


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नगर पिच नगरिएको भन्दै काठमाडौँको थलीवासीले सडकमा उत्रिएका छन् । उनीहरूले आज बिहानैदेखि थली–साँखु सडकखण्ड बन्द गराएका छन् ।

आज ‘सडक पीडित जनता’को नामबाट जारी सूचनामा अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख छ।

थली–साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्र गर्ने भनिए पनि काम सुरु नभएकाले सडक बन्द गरिएको जनाइएको छ ।

यसअघि पनि थलीका व्यवसायी र स्थानीयले सडक बन्द गरेर कालोपत्र गर्न माग गर्दै आएका छन् । तर, उनीहरूको माग अझैसम्म पूरा भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस