वडा कार्यालयद्वारा आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क स्वास्थ्य बिमा  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

वडा कार्यालयद्वारा आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क स्वास्थ्य बिमा 


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । मन्थली नगरपालिका १ नम्बर वडा कार्यालयले आर्थिक अभावकै कारण स्वास्थ्य जीवन बिमा गर्न नसकेका ५७ नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ। 

सरकारले हरेक नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा पुर्‍याउने भने पनि आर्थिक अवस्था कमजोर भएका नागरिकले स्वास्थ्य बिमा गर्न सकेका छैनन्। 

वडाका अधिकांश नागरिक आफैँले रकम तिरेर स्वास्थ्य बिमा गरे पनि आर्थिक अभाव कमजोर भएका ५७ जनाको वडा कार्यालयले सबै शुल्क तिरेर स्वास्थ्य बिमा गरिदिएको वडाध्यक्ष होमप्रसाद पौडेलले बताए।

आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष पौडेलले बताए।

आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेको अवस्थामा वडा कार्यालयले नै पैसा तिरिदिएर आफ्नो परिवारको स्वास्थ्य बिमा गरिदिएकोमा धेरै नै खुसी लागेको स्थानीयले बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस