न्यायधीस र सिडीयोद्धारा प्राचीन देवलको सरसफाइ (फोटो फिचर) « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

न्यायधीस र सिडीयोद्धारा प्राचीन देवलको सरसफाइ (फोटो फिचर)


१० कार्तिक २०७९, बिहिबार


डोटी । शिखर नगरपालिका वडा नम्बर ७ उजेली गाउँमा रहेको प्राचीन एवं ऐतिहासिक शिखर शैलीको देवलको बुधबार जिल्ला अदालत डोटीका जिल्ला न्यायधीस मा. शिवलाल पाण्डे र डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सरसफाइ गरेका छन् ।

सरसफाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी बल ३६ नम्बर गण दिपायलका सशस्त्र प्रहरी उपरीक्षक वीर सिंह शाहु, जिल्ला अनुसन्धान कार्यालय डोटीका प्रमुख प्रहरी नायब उपरीक्षक दिगम्बर गिरी, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोला कुमार भट्ट र अन्य सुरक्षाकर्मीहरु रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस