काठमाडौँ । चितवनको भरतपुरमा सडकमा शङ्कास्पद बस्तु भेटिएपछि पूर्व-पश्चिम राजमार्ग सिल गरिएको छ।
चितवन प्रहरीका अनुसार भरतपुरको चितवन मेडिकल कलेजनजिकको सडकमा दिउँसो साढे दुई बजेतिर शङ्कास्पद बस्तु भेटिएको हो।
उक्त बस्तु बम हुन सक्ने आशङ्कामा प्रहरीले राजमार्ग सिल गरेर सवारी साधनलाई वैकल्पिक बाटोबाट पठाइरहेको छ।
शङ्कास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ।