गठबन्धनका शीर्ष नेताहरूको बैठक सकियो, के भयो छलफल ?  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गठबन्धनका शीर्ष नेताहरूको बैठक सकियो, के भयो छलफल ? 


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटबारे छलफल गरेको तर कुनै निष्कर्षमा पुगिनसकेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

“मुख्य रूपमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा बारेमा छलफल भयो । अलिक दिन कुरेपछि सबै थाहा हुन्छ तपाईँहरू आउँदै गर्नुहोस्,” सञ्चारकर्मीमाझ उनले भने । 

कार्कीका अनुसार गठबन्धनका शीर्ष नेताहरूको बैठक भोलि दिउँसो ३ बजे फेरि बस्नेछ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भएको छ । तर सिट बाडफाँटको विषय भने अझै टुङ्गोमा पुग्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस