अदालतबाट १२ लाख जरिवाना ठहर भएकी थापा पक्राउ  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अदालतबाट १२ लाख जरिवाना ठहर भएकी थापा पक्राउ 


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । नेपाल प्रहरीले अदालतबाट १२ लाख रुपैयाँ जरिवाना ठहर भएकी एक महिलालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उच्च अदालत पाटनबाट १२ लाख जरिवाना र तीन दिन कैद सजाय भएका सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीया सविना थापालाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

उच्च अदालत पाटनको २०७९ असार ७ गतेको फैसलाअनुसार बैङ्किङ कसुर मुद्दामा फरार थापालाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको बैङ्कको चेक दिएर बैकिङजन्य कसुर गरेकी थिइन्।

थापालाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आइतबार कैद भुक्तानका लागि कारागार कार्यालय वसुन्धरा पठाइएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस