एमालेसँग परिवार दलले माग्यो २१ पालिका प्रमुख « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

एमालेसँग परिवार दलले माग्यो २१ पालिका प्रमुख


५ बैशाख २०७९, सोमबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेको नेपाल परिवार दलले २१ पालिकाको प्रमुखको उम्मेदवारी आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ ।

परिवार दलका महामन्त्री सन्तोष पौडेलले २१ पालिकामा परिवार दलको बलियो सङ्गठन रहेको दाबी गरे । ‘जहाँ परिवार दल बलियो छ, त्यहाँ हामीले उम्मेदवारी दिन्छौँ’, उनले भने, ‘जहाँ एमाले बलियो छ, त्यहाँ हामीले एमालेलाई सहयोग गर्छौँ ।’

पूर्वपश्चिम राजमार्गसँग जोडिएका तराइका जिल्लामा आफ्नो सङ्गठन रहेको दाबी गर्दै पौडलले बताए । उनले भने, ‘२१ ठाउँमा पालिका प्रमुखमा कुरा भएको छ । परिवार दलबाट प्राप्त लिस्टहरू हेरेर निर्णय गर्ने एमालेले जानकारी गराएको छ ।’

अघिल्लो स्थानीय तहको निर्वाचनमा परिवार दलले मुगुको एक वडा सदस्यमा जित निकालेको थियो । यस पटक भने वडा तहको बाँडफाँट जिल्ला तहमै टुङ्गिने पौडेलले बताए ।

गत निर्वाचनमा पनि यी दुई दलबिच एउटै चुनावमा प्रतिस्पर्धा गर्ने सहमति गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस