महानिर्देशक काफ्लेलाई विद्यावारिधि « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

महानिर्देशक काफ्लेलाई विद्यावारिधि


१५ माघ २०७८, शनिबार


काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

उनले ‘नेपालमा विदेशीहरूको उपस्थितिको तथ्याङ्कीय विश्लेषण र नेपाली संस्कृतिमा पारेको प्रभावको अध्ययन’ विषयमा विद्यावारिधि गरेका हुन् ।

उच्चपदस्थ विदेशीहरूको कूटनीतिक तथा पर्यटकीय र व्यावसायिक भ्रमणले नेपालको स्थापित संस्कृतिलाई परिमार्जन गर्नमा प्रभाव पारेको सोधले जनाइएको छ । सान्दर्भिक साहित्यहरूको अध्ययन, सरोकारवाला व्यक्ति तथा पदाधिकारीसँग गरिएको छलफल तथा अन्तरक्रिया र नेपालका विभिन्न ठाउँमा गरिएको स्थलगत भ्रमण, अवलोकन आदिबाट प्राप्त तत्थ्य, सूचना तथा तथ्याङ्कलाई आधार मान्दै निकालिएको अनुसन्धानको निष्कर्षमा नेपालमा विदेशीहरूको उपस्थितिले विशेष महत्त्व राख्ने गरेको र सांस्कृतिक विकासमा कुनै न कुनै रूपमा प्रभाव पार्ने गरेको पुष्टि गरेको उल्लेख छ ।

साथै विदेशीको उपस्थितिले पार्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै सकारात्मक प्रभावको समयसापेक्ष उपयोग गरी समृद्ध नेपाली संस्कृतिलाई विश्वसामु प्रस्तुत गर्दै नेपालको पहिचानलाई अझ गौरवशाली बनाउनु आवश्यक रहेको अध्ययनको निष्कर्ष छ ।

Tags :
प्रतिक्रिया दिनुहोस