आन्तरिक हवाई यात्रामा एन्टिजेन परीक्षण अनिवार्य नगरिने, खोप कार्ड देखाए पुग्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आन्तरिक हवाई यात्रामा एन्टिजेन परीक्षण अनिवार्य नगरिने, खोप कार्ड देखाए पुग्ने


५ माघ २०७८, बुधबार


काठमाडौँ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेन परीक्षण अनिवार्य नगरिने भएको छ ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भए पनि यो छोटो दूरीको हवाई यात्रामा अव्यवहारिक हुने भन्दै गृह मन्त्रालयमा आज (बुधबार) बसेको बैठकमा यस्तो प्रावधान अनिवार्य नगर्ने मौखिक सहमति भएको हो ।

नयाँ निर्णय अनुसार यात्रुले दोब्बर माक्स लगाएको हुनुपर्ने छ । यस अवस्थामा फेस शिल्ड अनिवार्य गरिने छैन । यात्रा अवधिभर माक्स खोल्न पाइने छैन । यात्रुसँग खोप कार्ड हुनुपर्ने छ । कार्ड बोक्न नसक्दा मोबाइलमा फोटो देखाए पनि हुने व्यवस्था गरिएको छ ।

यात्रुको तापक्रम नाप्ने व्यवस्था भने वायुसेवा कम्पनीले मिलाउनु पर्नेछ । यात्रु चेक इन गर्ने समयमा उनीहरुलाई संक्रमक रोग सम्बन्धी लक्षण भए नभएकोबारे सोधपुछ गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस