प्रचण्ड सोझो हुनुभयो, ओलीजस्तो ज्याद्रो मानिसलाई चिन्नै सक्नु भएन :  माधव नेपाल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रचण्ड सोझो हुनुभयो, ओलीजस्तो ज्याद्रो मानिसलाई चिन्नै सक्नु भएन :  माधव नेपाल


५ पुस २०७८, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोझो भएर केपी शर्मा ओलीलाई चिन्न नसकेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको एक वर्ष पुग्दा समाजवादी प्रेस सङ्गठनले आज (सोमबार) आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफू ओलीको व्यवहारले हत्तु, हैरान भएको बताएका हुन् ।

प्रचण्डले कहिले पनि कुरा उठाउनु भएन, सोझो हुनुभयो । सम्भवत पार्टी एकता भएको धेरै कुरा गर्दा समस्या होला । ओली जस्तो ज्याद्रो मानिसलाई चिन्नै सक्नु भएन । म हत्तु, हैरान भएको मानिस हो, नेपालले भने, प्रचण्ड अलि सोझो मानिस हुनु हुँदो रहेछ । उहाँले कहिले पनि सहमति लागू गर भनेर भन्नुभएन ।

Tags :
प्रतिक्रिया दिनुहोस