काँग्रेस प्रदेश नं १ का सभापतिमा थापा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काँग्रेस प्रदेश नं १ का सभापतिमा थापा


२१ मंसिर २०७८, मंगलबार


झापा । नेपाली काँग्रेस प्रदेश नं १ का सभापतिपदमा उद्धव थापा निर्वाचित भएका छन्।

हालै सम्पन्न उनीसहित १४ जना सदस्य निर्वाचित भएका भएका हु्न् । निर्वाचित हुने सदस्यमा बिमल आचार्य, भूमिराज राई, हुकुमसिंह राई, राजकुमार बराइली, रेगिना भट्टराई, चन्द्रकुमारी खड्का, प्रकाश कार्की, टेकबुहादुर खुजुम लिम्बू, फुलवति राजवंशी, शोभा श्रेष्ठ, मीरा खड्का र किरण भट्टराई निर्वाचित भएको पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईंले बताए ।

‘सभापतिसहित धेरै नै सदस्य झापाबाट आउनुभयो प्रदेशमा’ उनले भने, ‘जिल्लाबाट एक जना केन्द्रीय महामन्त्रीसहित सातजना सदस्यको उम्मेद्वारी तय भएको छ केन्द्रीय महाधिवेशनमा । सबै जितिन्छ भन्ने आशा छ ।’

उनका अनुसार जिल्लाबाट महामन्त्रीमा विश्वप्रकाश शर्माले र सदस्यमा सुधीर शिवाकोटी, महेन्द्र सुब्बालगायत सात जनाले उम्मेद्वारी दिने तयारी गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस