कञ्चनपुर कारागारबाट सात कैदीबन्दी रिहा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कञ्चनपुर कारागारबाट सात कैदीबन्दी रिहा


३ आश्विन २०७८, आइतबार


कञ्चनपुर । संविधान दिवसका अवसरमा कञ्चनपुर कारागारबाट सात कैदीबन्दी रिहा भएका छन् ।

विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् । पचास प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलन भएका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियमअनुसार संविधान दिवसका अवसरमा दुई महिला र पाँच पुरुषको कैद मिनाहा गरिएको कारागार शाख प्रमुख माया बस्नेत थापाले बताइन् ।

कैद मिनाहा हुनेमा शिवराज भट्ट कर्तव्य ज्यान, प्रेमसिंह भण्डारी कर्तव्य ज्यान, रोहित आउजी बहुविवाह, करिना विश्वकर्मा बहुविवाह, मायाचन्द पाल बहुविवाह, र खुसीराम चौधरी चोरी मुद्दाका छन् । बानी व्यवहार, चालचलन, रहनसहन सबै राम्रो भएमा कारागारका प्रमुख र प्रमुख जिल्ला अधिकारीको सिफारिसको आधारमा कैद मिनाहा हुने व्यवस्था छ । कारागारमा अहिले २० महिला ३८७ पुरुषसहित ४०७ कैदीबन्दी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस