काठमाडौँ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले दुई महिनासम्म मन्त्री बनाउन नसक्नेले देश बनाउँछ बनेर विश्वास गर्न नसकिने बताएका छन् ।
आफैँले जारी गरेको अध्यादेशले आफ्नै पार्टी टुक्रिन्छ कि भनेर दुई महिनासम्म मन्त्री बनाउन नसक्नेले देश बनाउँछु भन्दैमा पत्याउन नसकिने उनले बताएका हुन्।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले देश बनाउँछु भनेर पत्याउनेलाई केही भन्न नसक्ने बताए । उनले लेखेका छन् , ‘आफैले जारी गरेको अध्यादेशले आफ्नै पार्टी टुक्रिन्छ कि भनेर दुई महिनासम्म मन्त्री बनाउन नसक्नेले देश बनाउँछ भनेर विश्वास गर्ने र त्यसलाई पत्याएर पछि लाग्नेहरुलाई के भन्ने र खै ?’
प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुई महिनासम्म मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।
आफैले जारी गरेको अध्यादेशले आफ्नै पार्टी टुक्रिन्छ कि भनेर दुई महिनासम्म मन्त्रि बनाउन नसक्नेले देश वनाउछ भनेर विश्वास गर्ने र त्यसलाई पत्याएर पछि लाग्नेहरुलाई के भन्ने र खै ?
— shankar.pokhrel (@shankarpokhrel8) September 14, 2021