दार्चुला तुइन प्रकरण : सरकारले पठायो भारतलाई कुटनीतिक नोट « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

दार्चुला तुइन प्रकरण : सरकारले पठायो भारतलाई कुटनीतिक नोट


२१ भाद्र २०७८, सोमबार


काठमाडौँ । सरकारले दार्चुला घटना भएको झण्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको छ ।

गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिको प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूताबासमार्फत कूटनीतिक नोट पठाएको हो

गत साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका थिए ।

उक्त घटनाबारे छानविन गर्न गृह मन्त्रालयले बनाएको समितिले एसएसबीको उपस्थितिमा घटना भएको बताएको छ । साथै घटनाबारे थप अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ ।

साथै नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा पनि भारत सरकारलाई कुटनीतिक नोट पठाएको छ । सरकारले ती दुई घटनाका सम्बन्धमा छुट्टाछुट्टै कुटनीतिक नोट पठाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस