बैंकिङ कसूर मुद्दाका चारजना फरार प्रतिवादीहरु पक्राउ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बैंकिङ कसूर मुद्दाका चारजना फरार प्रतिवादीहरु पक्राउ


१३ भाद्र २०७८, आइतबार


पक्राउ

मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैंकिङ कसुर मुद्दाका चारजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका –५ का कौशिमाया स्याङतान, मकवानपुर बकैया गाउपालिका–६ का गंगा लामा, बकैया गाउँपालिका–३ का शिव बहादुर खुलाल र हेटौंडा उपमहानगरपालिका–७ बस्ने दशरथ अर्याल रहेका छन् ।

उच्च अदालत पाटन हेटौडाको २०७७ भाद्र १३ गतेको फैसलाले स्याङतानलाई १० दिन कैद र ४ लाख जरिवाना, अदालत हेटौडा र उच्च अदालत पाटन हेटौडाको फैसलाले लामालाई ३ लाख जरीवाना, मकवानपुर अदालत हेटौडाको फैसलाले २ हजार जरिवाना र चितवन जिल्ला अदालतको फैसलाले अर्याललाई २ हजार जरिवना सुनाएको थियो ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयले मकवानपुर जिल्ला अदालतमा उपस्थित गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस